गाईघाट / उदयपुरमा आज विहान ११ बजे भएको मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १ स्थित फुलजोरमा ट्रिपरले मोटर साईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाईकल चालक जिल्लाकै बेलका नगरपालिका १ बस्ने ३० वर्षिया रबिन श्रेष्ठ रहेका छन् । त्यसैगरी सोही मोटरसाईकलको पछाडी सवार जिल्लाकै त्रियुगा नगरपालिका वडा नं ३ को २४ वर्षिया बिरा राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विद्यालाल साहले बताउनुभयो ।
प्रहरी निरिक्षक साहका अनुसार जिल्लाकै चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाईघाट तर्पm आउँदै प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको ट्रिपरले विपरित दिसाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा दिएको थियो । ठक्करबाट गम्भीर घाईते दुवैलाई उपचारको लागि जिल्ला अस्पत्ताल गाईघाट ल्याईएको थियो ।
अस्पत्ताल ल्याईपुराईए पनि दुवैजनालाई चिकित्सकले मृत घोषणा गरेको पनि प्रहरी निरिक्षक साहले वताउनुभयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रिपर चालक त्रियुगा त्रियुगा नगरपालिका वडा नम्बर ७ का ३१ वर्षिया भिमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।


जनता भ्वाइस 








