images
images

मृत्यु संस्कारमा समेत गीत गाउने माझी समुदायको लोक गीतसंगित लोप हुँदै

कटारी ३ का माझी समुदायका जेष्ठ नागरिक रामबहादुर माझी । तस्बिर / ऋषि

 ऋषि राई

सिमलको रुख काटी डुङ्गिया वनाउँला
क्या राम्रो डुँगा वनाएँ भनि नामै चलाउँला…..
उदयपुरको कटारी नगरपालिका –३ , च्याँगाका ८८ वर्षिय रामबहादुर माझी विगतमा गाएको लोकगीत सम्झन्छन् । लोक गीत संगितको अथाह सागर भएको माझी संस्कृति अन्तर्गतका लोक गीत संगित संरक्षणको अभावमा लोप हुँदै गएको माझी बताउँछन् ।
माझी युवा पुस्ता अन्य आधुनिक विधाकागीत संगीतमा रम्न थालेपछि माझी समुदायको लोक गीत संगीत लोप हुँदै गएको हो । ‘माझीहरुको आप्mनै लोकगीतहरु थिए त्यो अहिलेका केटाहरुलाई थाहा नै छैन् ,’माझीले भने , ‘अहिले त हामीले किरियामा गाउने गीत पनि युवाहरुलाई आउँदैन् ।’
आदिवासी जनजाति भित्रको अतिसिमान्तकृत समुदायभित्र सुचिकृत माझी जाति भित्र संस्कृति संरक्षण सम्वन्धि शिक्षाको अभावमा पनि संस्कृति र माझी लोक गीतहरुको संरक्षण गर्न नसकिएको नेपाल माझी उत्थान संघ उदयपुरका पूर्व सचिव दिपककुमार माझी बताउँछन् । ‘विभिन्न ठाउँमा छरिएका माझी समुदायको लोकगीत , संस्कृतिहरु पुराना पुस्ताहरुबाट नयाँ पुस्तामा ल्याउन सकेका छैनौं ।’उनले भने , ‘युवाहरु त लगभग यस्तो कुराहरुबाट अनभिज्ञ नै भईसकेको अवस्था छ ।’
लामो लामो डुगिँयालाई टेकाऊ वहाना
डुगाँको पैसाजम्मा गरी पितृलाई गहना …
क्mुनै समय डुँगा चलाउने पेसालाई आफ्नो मूख्य पेसा वनाएका माझी जातिहरुको पेसा पूर्वाधार विकाससँगै संकटमा पर्दै गएपछि माझीहरु कोशी किनारबाट विस्थापित भई विभिन्न ठाउँमा वसाईसर्दै जाँदा संस्कृती , परम्परा र लोकगीतहरु हराउँदै गएको माझीहरुको भनाई छ । माझी जातिहरुको मुख्य वाजा मादल ,ढोल , झ्याली , घण्टी , मुर्चुगाँ , मुरली , बिनायो रहेको थियो ।


माझीहरु मृत्यु संस्कार अर्थात श्राद्धमा पनि गीत गाउँछन् । श्राद्धमा विरही भाकाको गीत रातभरी गाउने गीतको भाकामा ढोल , मादल , झ्याली ,घण्टी वजाउने भए पनि विवाहमा भने मादल मात्र वजाएर गीत गाउने प्रचलन रहेको माझी बुढापाकाहरु बताउँछन् ।
मृत्यु संस्कार श्राद्धका वेला गीत गाएर श्राद्ध सम्पन्न गर्ने जस्ता पृथक संस्कृती भएको जातिभित्र रोचक , घोचक , वेदना , प्रेम जस्ता विरहका गीतहरु भएको भए पनि लोपहुँदै गएको माझी समुदायका बुढापाकाहरु बताउँछन् । २०५१ सालमा माझी उत्थान संघको स्थापना भएपछि माझीहरुको संस्कृती लेखन जस्ता कार्य हरु सुरु भएको भए पनि पर्याप्त खोज अनुसन्धान हुन नसक्दा माझी भित्रको धेरै लोक संस्कृती अन्र्तगतका लोक गीतहरु संरक्षण गर्न नसकिएको माझीहरुले वताएका छन् ।
उडी गयो भँगेरा वस्यो पाताल
जुँगौ देखिचलिआयो झ्यालीमादल…….
झ्याली, मादललाई आफ्नो जुगदेखि चलिआएको मान्ने माझीहरुको जनसंख्या जनगणना २०७८ को तथ्याँक अनुसार नेपालमा १ लाख ११ हजार ३ सय ५२ रहेको छ । यो कुल जनसंख्याको शून्य दशमलव ३८ प्रतिशत हो । जनगणना २०७८ कै तथ्यांक अनुसार माझी भाषा वोल्ने माझीहरुको संख्या शून्य दशमलव ११ प्रतिशत अर्थात ३२ हजार ९ सय १७ मात्रै रहेको छ ।
सप्तकोशीको किनार देखी सुरु भएको ऐतिहासिक थलो देखी लिएर हाल उदयपुर ,ओखलढुँगा , रामेछाप , सिन्धुली , सर्लाही , झापा , मोरङ , रौतहट , सिन्धुपाल्चोक , सुनसरी , मकवानपुर , बारा , काभ्रेपलान्चोक , काठमाडौं जिल्लामा माझीहरुको वसोवास रहेको माझी उत्थान संघले जनाएको छ ।