images
images

उदयपुरमा अशोक राई नेतृत्वको जसपाको जिल्ला कमिटी गठन

गाईघाट /उदयपुरमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको जिल्ला कमिटी गठन भएको छ । जिल्ला सदरमुकाम गाईघाटमा बुधबार साँझ सम्म वसेको भेलाले केशव मगरको अध्यक्षतामा ४३ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो ।
अध्यक्ष मगर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा समेत जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । ‘जिल्ला कमिटी रुपान्तरण तथा पुर्नगठन गरी कमिटी गठन गरेका हौं ’अध्यक्ष मगरले भन्नुभयो , ‘यादव नेतृत्वको पार्टीमा लामो समय असन्तुष्टि थियो , पार्टी विभाजनसँगै हामी नयाँ पार्टीमा रुपान्तरित भएका हौं ।’
कमिटीको उपाध्यक्षमा छत्र राई र राजेन्द्र राई , सचिवमा सुरेन्द्र राई , सह सचिवमा जनक वाम्बुले राई र सुमित्रा राई त्यसैगरी कोषाध्यक्षमा उमा राई चुनिएका छन् । ‘जिल्लाको आठवटै पालिकाका प्रतिनिधिहरु सहित जिल्ला कमिटी गठन भएको हो ।’उपाध्यक्ष छत्र राईले भन्नुभयो , ‘अब पालिका स्तरीय कमिटीहरु रुपान्तरण गर्छौं ।’
जिल्ला कमिटी गठन पश्चात शुभकामना व्यक्त गर्दै जसपाका केन्द्रीय उपाध्यक्ष रणध्वज कन्दङ्वाले उपेन्द्र यादवलाई लामो समय विधि र पद्धतिमा हिडाउन प्रयास गरेपनि नसकेपछी पार्टी विभाजन गरिएको बताउनुभयो । ‘उपेन्द्र मात्रै मधेसवादी रहेछन् , उनलाई अरुको पहिचानको मतलव नै रहेनछ ’उपाध्यक्ष कन्दङ्वाले भन्नुभयो ,‘सत्ता र कुर्सी मात्रै यादवको उद्येश्य रहेछ त्यसैले जनताको लागि सहकार्य गर्न नसकिने अवस्थामा पुगेका हौं ।’
त्यसैगरी केन्द्रीय सदस्य रमेश राईले मन्त्री र संसद पद वाहेक पार्टी नहेर्ने भएपछी यावदको साथ छाडेको बताउनुभयो , ‘संसदिय दलको नेतामा अशोक राईलाई नदिने वल यादवले गरेपछी नै हामी प्रष्ट भएका थियौं ।’राईले भन्नुभयो ,‘यादवजी स्वर्थ भरिएको मान्छे हुनु भन्ने ।’
पार्टीको कृयाशिल सदस्यता वितरण , संसदिय दलको नेता चयन , पार्टीमा एकलौटी निर्णय गराउन खोल्नु लगायतका कृयाकलापलाई अशोक राइृले सुधार्न खोजेपनि यादब नसुध्रिएको राईको आरोप थियो । त्यसैगरी पार्टीको ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञकुमार राईले वल्ल पार्टीमा लयमा फर्किएको बताउनुभयो ।
अब पार्टीले आप्mनो उद्येश्य वमोजिम पहिचान , शुसासन र समृद्धिका लागि काम गर्न सक्ने राईको भनाई थियो । भेलामा पार्टीका ८ वटै पालिकाका पूर्वकमिटीका पदाधिकारीहरु , प्रदेश कमिटीका पदाधिकारीहरुको सहभागीता थियो ।