images
images

कटारीमा आप्रवासी हकहित संञ्जाल नगर स्तरीय समिति पुर्नगठन

कटारी / कटारीमा आप्रवासी हकहित संञ्जाल नगर स्तरीय समिति पुर्नगठन गरिएको छ । सोमबार कटारीमा भएको विदेशवाट फर्किएका आप्रवासीहरुको भेलाले निशान राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
सुरक्षित आप्रवासन (सामी ) कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका व्यक्तिहरुको संञ्जाल पुन गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा ईन्दिरा खड्का , सचिवमा टिकाराम श्रेष्ठ कोषाध्यक्षमा शम्भु राई , सह सचिवमा जीवनजंग राउत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शरदकुमार माझी , गोविन्द नेपाली , हिरा बहादुर थापा , ईन्द्रनारायण श्रेष्ठ , टेकबहादुर तामाङ्ग,नारायण आलेमगर चयन भएका छन् । कार्यक्रममा क्षमता विकासका बारेमा साथै समितिलाई पूर्णता दिने विषयमा छलफल भएको अध्यक्ष राईले बताउनुभयो ।