युवराज कार्की ( सन्ताेष )
कटारी/ आईएमई लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडले आज मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय कटारीले उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ का मृतक चक्रबहादुर गुरुङ्गको परिवारलाई दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
गुरुङ्गका श्रीमति विमला गुरुङ्गलाई रकम हस्तान्तरण गरिएको हो । गुरुङ्गले पौवा लघुउद्यमी वचत तथा ऋण सहकारीबाट ऋण लिने क्रममा पाँच लाख बरारबरको वीमा गर्नुभएको थियो । वीमा अन्र्तगत उनले दुई हजार तीन सय त्रिहत्तर रुपैंया मात्रै जम्मा गर्नुभएको थियो ।
गएको साउन २१ गते उनको असामयिक निधन भएको र आज मृत्यु दावी भुक्तानी रकम दिईएको कम्पनीका शाखा कटारी प्रमुख राजकुमार कार्कीले बताउनुभयो । ‘उनको श्रीमतिलाई दुईहजार तीन सय त्रिहत्तर वीमा गरेवापत पाँच लाख पचास हजार रकम हस्तान्तरण गरिएको हो ।’
कार्कीका अनुसार कम्पनीका एबिएम कृष्णप्रसाद घिमिरे , शाखा प्रमुख कार्की र एजेन्सी म्यानेजर ईश्वर पोखरेलले दावी रकम हस्तान्तरण गरेका हुन् । रकम प्राप्त गरेपछी विमला गुरुङ्गले श्रीमानको मृत्युपछी पनि वीमाले आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।


जनता भ्वाइस 








