images
images

कटारी १२ लाई उज्यालो वडा घोषणा गरिने

कटारी / नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रम अन्र्तगत उदयपुरको कटारी नगरपालिका वडा नम्बर १२ का सवै घरमा विद्युत जडान सम्पन्न भएको छ । सरकारको कार्यक्रम अन्र्तगत जिल्लाव्यापी उज्यालो उदयपुर कार्यक्रम समेत संञ्चालनमा रहेको छ ।
कार्यक्रम अन्र्तगत वडाको ५ सय घरपरिवारका घरहरुमा विजुली जडान गरिएको वडाध्यक्ष वाशु कटुवालले बताए । ‘तीन महिनाभित्रमा निरन्तर अभियान अन्र्तगत विजुली वाल्न सफल भएका हौं ।’वडाध्यक्ष कटुवालले भने ,‘विद्युत प्राधिकरण कटारी प्रशाखाले कार्यक्रम अन्र्तगत वडामा विजुली वालिएको हो ।’
सरकारको पुन विद्युतीकरण कार्यक्रम अन्र्तगत वडाका सवै घरपरिवारमा विजुली पुगेपछी वडालाई उज्यालो वडा घोषणाको तयारी गरिएको छ । विहिबार १० फागुनमा वडालाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर वस्नेतले उज्यालो वडा घोषणा गर्ने तयारी गरिएको छ ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले नगरभित्रका सबै वडामा २ महिना भित्र विद्दुतिकरणकाे काम सकिने बताए । सबै वडाहरूमा अन्तिम चरणकाे काम भईरहेकाे मेयर श्रेष्ठकाे भनाई छ । उर्जा मन्त्रालय अन्र्तगतको कार्यक्रम भएकाले मन्त्री वस्नेतबाट वडालाई उज्यालो वडा घोषणा गर्ने तयारी गरिएको पनि वडाध्यक्ष कटुवालले बताए । वडाका सवै टोलवस्तीका घरहरुमा विजुली पुगेपछी स्थानीय हर्षित भएका छन् ।
उज्यालो वडा घोषणाका लागि कार्यक्रम व्यवस्थापन गर्न वडाका टोलविकास समितिहरु लागि परेका छन् ।