images
images

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा रौतामाई गाउँपालिकाको प्रशासकीय भवन उदघाटन्

कटारी/ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनतालाई राम्रो सेवा दिए मात्रै संविधान र गणतन्त्रको औचित्य हुने बताउनुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको आज दिउँसो उदघाटन गदैै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
संविधान बनाउँदै गर्दा नै गाउँगाउँमा सिंहदरबार भन्ने चर्चा चलेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँमा पुराउन यस्ता भवनले सहयोग पुग्ने बताउनुभयो ।‘सविधानले निस्चित सिमाहरु राखेर सिंहदरबार बराबरकै अधिकार गाउँमा दिएको छ ।’उहाँले भन्नुभयो ,‘जनताको लामो त्याग र संघर्षले गाउँमा अधिकार ल्याएका हौं ।’
प्रधानमन्त्री दाहालले गाउँका यस्ता भवनबाट जनताको सुख दुःख बुझेर सेवा दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले सवैदलसँग वार्ता , संवाद र सहकार्य गर्न सजिलो भएको बताउँदै प्रतिनिधि सभाको सभापति छान्दा सहमतिबाट छानेको स्मरण गर्नुभयो ।
शान्ति प्रकृयाका सवैकाम सहमतिबाट टुँग्याउने प्रधानमन्त्री दाहालको भनाई थियो । यो एकवर्षमा अहिले नेपालमा अर्थतन्त्र संकटमा नरहेको बताउनुभयो । कार्यक्रमको अवसरमा प्रधानमन्त्री दाहालले सहिद परिवारहरुलाई सम्मान समेत गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी , प्रदेश सभा सदस्य नारायण वुर्जा मगरले यस क्षेत्रको समस्याहरुका बारेमा प्रधानमन्त्रीलाई मौखिक तथा लिखित माग राखे ।
समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै प्रतिनिधि सभा सदस्य रायमाझीले सडकका साथै पहाडबाट वसाई सराई भयावह भएकाले पहाडलाई हराभरा बनाउने योजनामा ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य बुर्जा मगर र गाउँपालिका अध्यक्ष मगरले सडक निर्माणमा जोड दिनुभयो ।
रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नेपाल सरकारको ७ करोड ८७ लाख बजेटमा निर्माण भएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार समायोजनसहितको उक्त बजेटमा भवन गत भदौमा निर्माण सम्पन्न भएको हो । भवनमा २८ वटा कोठा छन् । सुविधा सम्पन्न पक्की भवन निर्माणका लागि २०७७ साल असोजमा ठेकेदार कम्पनी रौतामा धुलिखेल सुसम आदिज्या जेभीसंग सम्झौता भएको थियो ।