images
images

कटारीमा पनि विश्व सिमसार दिवश मनाईयो

कटारी / विश्व सिमसार दिवस आज कटारीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ। सिसाघारी सामुदायिक वन उपभोक्ता समूह कटारी ५ को सिमसार क्षेत्रमा डिभिजन वन कार्यालय त्रिवेणी कटारीको आयोजनामा दिवश मनाईएको हो ।
कटारीकै पर्यटकीय क्षेत्र बनेको सिमसारमा विभिन्न कार्यक्रम गरी दिवश मनाईएको हो । वन समूह र प्राकृतिक स्रोत व्यवस्थापन कलेजको सहकार्यमा दिवश मनाईएको हो ।यस वर्ष सिमसार र मानव कल्याण भन्ने नाराका साथ दिवश मनाईएको हो । दिवशको अवसरमा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ लगायतले सिमसार क्षेत्रको सरसफाई समेत गरेका थिए । कार्यक्रममा वोल्दै मेयर श्रेष्ठले सिमसारको संरक्षण गर्नु आवश्यक रहेको भन्दै यसले पर्यटनलाई पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपमेयर गिता खड्का , वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाँग लगायतको उपस्थिति रहेको थियो ।
सरकारी तथ्यांकअनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ। विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्। सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो।
सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान यसैगरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्।