images
images

कटारी ,९ मा वडामै भत्ता वितरण , लाभग्राही हर्षित

कटारी / कटारी नगरपालिका वडा नम्बर ९ खोलागाउँका जेष्ठ नागरिक कालीमाया मगरलाई कटारी बजारको वैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिएर जान मुस्किल थियो । पहाडी वडाका उनलाई कटारी बजार आउन र जानमा दुईहजार खर्च हुन्थ्यो । ‘आउनु जानु भाडा खाजा झण्डै दुईहजार सकिन्थ्यो ।’उनले भने , ‘त्यतिमात्रै होईन जिउ दुखेर हैरान विरामी नै हुन्थ्यो , वल्ल वल्ल घर आईपुग्थे ।’
मगरलाई मात्रै होईन वडाकै आहालेका जेष्ठ नागरिक डम्बरबहादुर सुनुवारलाई पनि कटारी बजारमा रहेको एनआईसी एसिया वैंकमा आएर भत्ता लैजानु मुष्किल थियो । ‘भत्ता लिन जानु भनेपछि हत्ते हुन्थ्यो ।’उनले भने , ‘आपैm जानु पर्ने जान आउनै गाह्रो थियो , वडामै भत्ता पाउँदा साह्रै खुसी लाग्यो ’
मगर र सुनुवार जस्ता सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले यसपटक भने वडामै भत्ता पाएका छन् । ‘वैंकको शाखासँग समन्वय गरी वडामै भत्ता वितरण गरेका हौं ।’वडाध्यक्ष वेगबहादुर आले मगरले भने , ‘वेंकलाई आउन जान ,ईन्टरनेट , सुरक्षाको व्यवस्था गरेपछी कार्यालय समयमै वडामै भत्ता वितरण गर्न सकिने रहेछ ।’
वैंकमा हुने सवै प्रकृया वडाबाटै पुराएर भत्ता वितरण गरेको एनआईसी एशिया वैंक कटारीका कर्मचारी भरत वस्नेतले बताए । ‘प्रकृया सवै वैंकबाट हुने नै गरिएको हो ,मात्र वडा कार्यालय सम्म गएर सेवा दिएका हौं ।’
वडामै भत्ता पाएपछी १ सय ५५ सेवाग्राही हर्षित भए । ‘यसपटक साह्रै खुसी लाग्यो वडामै भत्ता लिन पायौं ।’जेष्ठ नागरिक सुनुवारले भने , ‘यति काम वडाले नै गर्न सक्ने रहेछ त ।’वडामै भत्ता पाउँदा धेरै जना खुसीले भावुक बनेको वडाध्यक्ष मगरले बताए ।
वडामा रहेका तीन सय हाराहारीका सेवाग्राही मध्ये एकदिनमै एकसय पचपन्न सेवाग्राहीले भत्ता गाउँमा लिएका हुन् ।वडामै भत्ता वितरण गर्दा झण्डै दुईलाखको हाराहारीमा वडाबाट बाहिरिने रकम समेत वडामै रहन सफल भएको पनि वडाध्यक्ष मगरले बताए ।
बजारमा रहेको वैंकमा भत्ता लिन टाढा टाढाका सेवाग्राहीहरुलाई समस्या भएकाले वैंकहरुसँग समन्वय गरेर वडामै सेवा दिने तयारी गरिएको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए । सेवाग्राहीहरुलाई पहाडी क्षेत्र र गाउँगाउँबाट बजार आउनुपर्ने , वैंकमा लाईन वस्नुपर्ने खर्च हुने बाध्यताको अन्त्य गरिने पनि मेयर श्रेष्ठले बताए ।