images
images

कटारी बजारमा भत्ता लिन आउन निशुल्क सवारी

कटारी / कटारी नगरपालिका वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता लिनका लागि कटारी बजार आउन निशुल्क सवारी साधनको व्यवस्था गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका र्यापिड एक्सन टिम (र्याट)का कटारी नगर कमिटी संयोजक शंकर सिंहले उनीहरुलाई निशुल्क कटारी ल्याउने व्यवस्था मिलाउनुभएको हो ।
वडाका जेष्ठ नागरिक , एकल महिला , अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई भत्ता लिनका लागि कटारी बजार आउन आपैmले निशुल्क सवारी उपलब्ध गराउँदै आएको संयोजक सिंहले बताउनुभयो । विहान कार्यालय समयमा वडा कार्यालय परिसरबाट उनीहरुलाई कटारी बजारका वैंकहरुमा ल्याएर छोड्ने गरेको पनि संयोजक सिंहले बताउनुभयो ।
भत्ता लिनका लागि समेत अन्य सार्वजनिक सवारीहरुमा सास्ती भोग्नुपर्ने समस्या समाधान भई निशुल्क आउन पाएकोमा आफुलाई सहज भएको कटारी २ का भत्ताका लाभग्राही निर्मला राईले बताउनुभयो । भत्ता अवधिभर उनीहरुलाई निशुल्क भत्ता लिन आउन सवारी उपलब्ध गराएको संयोजक सिंहको भनाई छ ।