images
images

च्याँगामा धमाधम जग्गा नापी हुँदै

कटारी/ कटारी नगरपालिका वडा नम्बर ३ को च्याँगामा धमाधम जग्गा नापी भईरहेको छ । तीनदिनदेखि च्याँगामा जग्गा नापी फाराम भर्ने लगायतका कामहरु भईरहेको वडा सदस्य युवराज अधिकारीले बताउनुभयो । गएको मंसिरमा कटारी १ बाट जग्गा नापी सुरु भएको थियो । राष्ट्रिय भूमी आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङ्गका अनुसार सवैखाले ऐलानी जग्गाको नापी आयोगबाट सुरु भएको हो ।
भूमिहिन दलित , सुकुम्बासी र अव्यवस्थित सवैखाले ऐलानी जग्गाहरु नापी भईरहेको कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । भूमी आयोगबाट जग्गा नापी गरी लालपुर्जा वितरण गर्ने गरी काम सुरु भएको पनि वडाध्यक्ष खड्काले बताउनुभयो । जग्गा नापी भएपछी स्थानीयमा पुनः उत्साहा थपिएको छ । यसपटक कटारी नगरभित्रका सवै वडाको जग्गा नापी गर्ने नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठका अनुसार ४ महिनाभित्रका नापीको काम सक्नेगरी काम भईरहेको छ ।