images
images

कटारीमा फोहोरको डंगुरमा नवजात शिशुको शव फेला

कटारी / कटारी नगरपालिका वडा नम्बर ३ राजावासमा रहेको डम्पिङ्ग साईटमा फालिएको फोहोरमा नवजात शिशुको शव फेला परेको छ । फोहोर संकलन गरी फोहोर छुट्टाउने क्रममा कामदारले फोहोरसँगै फालिएको फोहोर कपडा भित्र शव देखेको वडा सदस्य पप्पु खाँले बताउनुभयो ।
शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुंगेलले बताउनुभयो । वडा सदस्य खाँका अनुसार आजै विहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्याक्टरले संकलन गरी लगेर फालेको फोहोरमा शव भेटिएको हो ।
शवलाई प्रहरीले कटारी अस्पत्तालमा लगेर राखेका छन् । ईलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाल लगायतका अंगहरु बनिसकेको मृत नवजात वालकको शव भेटिएको पनि प्रहरीले जनाएको छ ।