images
images

त्रिवेणी मेलामा फोहोर व्यवस्थापनका लागि नगर उद्योग वाणिज्य संघद्वारा डस्बिन सहयोग

कटारी / कटारी नगर उद्योग वाणिज्य संघ (कटारी चेम्बर अफ कमर्स)ले त्रिवेणी (मैनी)मा हुने फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ । आज माघे संक्रान्तिदेखि कटारी , २ स्थित त्रिवेणी धाममा सुरु भएको त्रिवेणी (मैनी)मेलामा सरसफाईका लागि टेवा पुराउने उद्येश्यले डस्बिन प्रदान गरिएको संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो ।
संघले मेला परिसरमै एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष प्रेम थापालाई डस्बिन हस्तान्तरण गरेको हो । डस्बिन प्रदान गर्दै अध्यक्ष श्रेष्ठले नगरमा सकारात्मक कार्यहरु गर्दै जाने बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि वडाध्यक्ष थापाले संघले मेलामा हुने फोहोर व्यवस्थापका लागि दिएको सहयोगले महत्व राख्ने बताउँद धन्यवाद दिनुभयो ।कार्यक्रममा जनप्रतिनिधि , प्रहरी , प्रशासन तथा संघका पदाधिकारी , मेला व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
संघले मेलाको फोहोर व्यवस्थापन गर्नका लागि आप्mनै पहलमा १० थान डस्बिन सहयोग गरेको हो । मेला १५ दिन सम्म लाग्नेछ ।