images
images

नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड, विद्यार्थीहरुको उत्साहाजनक सहभागीता (फोटो फिचर)

जन्ताभ्वाईस सम्वाददाता
२६ पुष , विहिबार , २०८०
कटारी / विहिबार कटारीको मौसम खुलेको थिएन , दिनभर घाम देखिएन चिसो हावा चलिरह्यो तर त्रिवेणी माविमा नगरपालिका भरीका मावि तहको विद्यार्थीहरुलाई चिसोको पर्वाहा नै थिएन् ।अवसर थियो कटारी नगरपालिकाको आयोजनामा सुरु तेस्रो कटारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ।
कतिपय विद्यार्थीहरु सामान्य टिसर्ट र कट्टुमै लामो समय खेलको प्रतिक्षा गरिरहे । प्रतियोगिताको उदघाटन नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले गर्नुभयो । उदघाटन गर्दै मेयर श्रेष्ठले अनुशासन खेलले सिकाउने र अनुशासनले नै पठन पाठन थप राम्रो हुने बताउनुभयो ।
प्रतियोगिताका लागि नगरले बजेट बढाउँदै जाने पनि उहाँको भनाई थियो । त्यसैगरी उपमेयर गिता खड्काले पनि खेलाडीहरुलाई शुभकामना दिनुभयो । नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगानाको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भयो ।
कार्यक्रममा प्रतियोगिताका बारेमा नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले जानकारी दिनुभयो । त्रिवेणी माविका प्रधानाध्यापक वालकृष्ण कार्कीले स्वगत मन्तव्य राख्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई तथा नगरपालिकाका वडाका वडाध्यक्षहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरुलाई औपचारिक कार्यक्रम भन्दा प्रतियोगिताको चासो छ । उनीहरुले सुन्दर मार्चपास गर्दै प्रमखु अतिथि मेयर श्रेष्ठलाई सलामी दिए । त्यसपछी कटारीकै सगरमाथा वोर्डिंग स्कूलका विद्यार्थीहरुले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त विद्यार्थीहरुले आकर्षक कौशल देखाए ।
त्यसपछी सुरु प्रतियोगितामा विद्यार्थीहरुको आकर्षण बढ्दो छ । विद्यार्थी जीवनको चाडका रुपमा विद्यार्थीहरु सहभागी छन् । उत्साहाजनक रुपमा उनीहरुले अहिले भलिवल , कबड्डी , एथलेटिक्स ,मार्सल आर्ट तर्पm छात्र छात्रा विद्यार्थीहरुले प्रतिष्पर्धा गरिरहेका छन् । एथलेटिक्स तर्पm एकसय , दुईसय , चारसय , आठसय , पन्ध्रसय र तीनहजार मिटरको दौड , एकसय र चारसय मिटरको रिले दौडका साथमा हाईजम्प , लङ्गजम्प , त्रिपलजम्प , ज्याभलिन थ्रो , सटपुटमा छात्र छात्राहरुले प्रतिष्पर्धा गरिरहेका छन् । त्यसैगरी मार्सल आर्ट तर्पm सितोरियो कराते , तेक्वान्दो र उसु तर्पm छात्रछात्राले प्रतिष्पर्धा गर्दैछन् ।
चरदिनसम्म चल्ने प्रतियोगिताको भलिवल र कबड्डी त्रिवेणी माविमा , एथलेटिक्सका खेलहरु टाईगर फिल्डमा र मार्सल आर्ट तर्पmका खेलहरु कटारी , २ को गराँसमा संञ्चालन भईरहेको छ । यहि प्रतियोगिताबाट नगर , जिल्लाहँदै कटारीले राष्ट्रिय खेलाडी उत्पादन गर्ने अवसर समेत पाउनेछ ।