images
images

कटारीमा गाईभैंसीहरुमा खोरेत रोग विरुद्धको निशुल्क खोप लगाईदैं

जनताभ्वाईस सम्वाददाता
२५ पुष , बुधबार , ३०८०
कटारी/ कटारी नगरपालिकाको पशु शाखाले धमाधम नगरभित्रका गाई भैंसीहरुमा खोरेत रोग विरुद्धको खोप लगाईरहेको छ । कृषकहरुको गाईभैंसीमा लाग्ने रोग नियन्त्रण गर्न यस्तो खोप लगाईएको हो ।
मंगलबारसम्ममा कटारी नगरपालिका वडा नम्बर २ मा ७ सय गाईभैंसीमा खोप लगाईएको छ । बुधबारबाट कटारी ५ को तीनतले , खैरेनी क्षेत्रमा खोप लगाउन सुरु गरिएको छ । निशुल्क लगाईने खोप बुधबार ३ सय ५० वटा गाईभैंसीमा लगाईएको हो ।
विहिबार वर्मजिया , खाडीखोप क्षेत्रमा खोप लगाईनेछ । खोप सम्बन्धि जानकारी लिन पशु प्राविधिक विशाल कार्कीलाई ९८४२९८९१४९ सम्पर्क समेत गर्न सकिनेछ । विहिबारदेखि कटारी ३ को विभिन्न टोलहरुमा पनि खोप लगाउन सुरु गरिनेछ ।
खोरेत विरुद्धको खोप पश्चात खसिबाख्राहरुमा पिपिआर खोप लगाईने पनि शाखाले जनाएको छ ।