images
images

कटारी घुर्मी सडकखण्ड स्तरउन्नतीका लागि जनदबाब सिर्जना गर्न छलफल

जनताभ्वाईस सम्वाददाता
२५ पुष , बुधबार , २०८० ः
कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी घुर्मी सडकखण्ड जीर्ण भएकाले आउजाउमा समस्या भएको भन्दै मंगलबार कटारी ,८ बड्मी र बुधबार कटारी ११ बेतेनीमा स्थानीयहरुले भेला राखेका छन् । भेलाले आगामी भावि आन्दोलन तथा रणनीतिका विषयमा २८ पुष शनिबार वेतेनीमा कटारी ८ देखि १४ सम्मका वडाअध्यक्ष सहितको भेला वस्ने निर्णय गरेको छ ।
त्यसैगरी विभिन्न सम्बन्धित निकायमा मागहरु राख्ने पनि निर्णय भएको छ । सडकखण्डमा धुलोका कारण आउजाउमा समस्या हुनुका साथै खाल्डाखुल्डीले आउजाउ गर्नै समस्या भएको भन्दै भेलाले यस विषयमा सम्बन्धित निकायमा पहल गर्ने निर्णय समेत गरेको छ ।
यस सडकखण्डमा दैनिक जसो सवारी दुर्घटना हुने भएकाले यथाशिघ्र सडक स्तरउन्नतीका लागि जनदबाव दिन भेला राखिएको कटारी ८ का मोहन कोईरालाले जानकारी दिनुभयो ।यस सडक विगत दुईदशकअघिदेखि जिर्ण अवस्थामा रहेको छ ।