images
images

माघे संक्रान्तिको अवसरमा शिव थापा मगरले ल्याए लाङ्घा माराङ्ले (भिडियो सहित)

जन्ताभ्वाईस सम्वाददाता
२२ पुष , आईतबार , २०८०
कटारी/ गायक शिव थापा मगरले मगर भाषाको हुर्रा गीत लाङ्घा माराङ्ले स्रोता दर्शकमाझ ल्याउनुभएको छ । आउँदै गरेको मगरहरुको ठूलो पर्व माघ्या सकराटी अर्थात माघे संक्रान्तिको अवसर पारेर गायक मगरले हुर्रा गीत ल्याउनुभएको हो ।
गीतमा मगरलाई पुजा मगरले स्वरमा साथ दिनुभएको छ । गीतमा शब्द , संगित समेत शिव थापा मगरकै रहेको छ ।
डम्बर लिम्बुको एरेन्ज तथा मिक्सिङ्गमा तयार गीत गायक मगरकै युट्युव च्यानल शिव थापा मगरबाट सार्वजनिक गरिएको छ ।ओपस स्टुडियोमा रेकर्ड गरिएको गीतमा मादलमा मेघराज लुंगेलीको रहेको छ ।
गीतको भिडियोमा गायक थापा मगरको साथमा अमिसा दर्लामी मगर लगायतले अभिनय गरेका छन् । ‘यो पूर्णत मगर भाषाको हुर्रा गीत हो ।’गायक मगरले भने , ‘स्रोता दर्शकहरुले मन पराउनुहुनेछ भन्ने आशा लिएको छ ।’
लाङ्घा माराङ्ले भन्नाले नेपालीमा देशै रमाईलो भन्ने बुभ्mनु पर्दछ । मगर भाषाको संरक्षण र सम्वद्धृनका लागि पनि यो गीतले भूमिका खेल्ने गायक मगर बताउँछन् । मगरले यस अघि ल्याउनु भएको नेपाली भाषाको देशै रमाईलो हुर्रा समेत धेरैले मन पराएका थिए ।भिडियो तल –