images
images

बालकुमारी घटनाको विरोधमा कटारीमा पनि प्रदशर्न

जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , शनिबार , २०८०
कटारी /शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार कटारीमा युवाहरुले प्रदर्शन गरेका छन् । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । भूगोलपार्कमा युवाहरुले दुईका विरुद्ध दुई भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेका थिए ।
त्यसैगरी युवा हत्याराको विरुद्ध देशव्यापी आवाज उठाऔं ,हत्यारा सरकार चाहिन्दैन , गोली हैन रोजगारी दे , हत्यारा सरकार मुर्दाबाद भन्ने प्लेकार्ड छातीमा टाँसेर उनीहरुले प्रदर्शन गरेका थिए । कार्यक्रम अन्र्तगत आईतवार पनि कटारीमा स्वतन्त्र युवाहरुको सहभागीतामा दिप प्रज्वलन गर्ने तयारी रहेको युवा सूर्य लामाले बताउनुभयो ।
लामाले सरकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभयो । देशमा युवाको हत्या युवाहरुलाई सह्य नहुने लामाको भनाई थियो ।