images
images

लेखानीका विष्णु मुरीको शव्दमा गहको आँशु गीत सार्वजनिक , भिडियोमा लेखानीकै परिवेश (भिडियो)

जन्ताभ्वाईस सम्वाददाता
२ पुष , सोमबार , २०८०
कटारी/ कटारी १४ लेखानी स्थित बालविकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक समेत रहनुभएका गीतकार विष्णु मुरीले पूर्वेली लोक गीत ‘गहको आँशु’ श्रोता दर्शकमाझ ल्याउनुभएको छ । मुरीको गीत लेखनमा गायक तथा संगीतकार प्रियजन राईको संगीत र स्वरमा रेकर्ड गीत मारुनी विटमा तयार पारिएको छ ।
मनोज साङसन राईको एरेन्ज रहेको गीतलाई विष्णु मुरी अफिसयल यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।गीतकार मुरीले यसअघि आधुनिक गीतहरु‘तक्दिरै खोटो’, ‘आँशु बर्बरी’, ‘एउटै सिरानी’सार्वजनिक गरिसकेका छन् ।
विशेष गरी कटारी १४ लेखानी आसपासका स्थानहरुलाई शब्दमा भरिएको छ भने दृष्यमा पनि देखाईएको छ । पेशा शिक्षणका साथै साहित्य र शब्द रचनामा दख्खल राख्नुहुने मुरीको यो गीतको भिडियोमा पनि मुरी समेत देखिनुभएको छ । मुरीको च्यानलमा राखिएको भिडियो यहाँ समावेश गरेका छौं ।