images
images

कटारी १४ को वडा भवन बन्दै , दुईदशक लेखानीमा व्यक्तिको घरभाडामा चलेको प्रशासकीय काम अव आप्mै भवनबाट हुने

जन्ताभ्वाईस सम्वाददाता
१३ मंसिर , बुधबार , २०८०
कटारी /कटारी नगरपालिकाको वडा नम्बर १४ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भवनको आज एक कार्यक्रमकावीच कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको थियो ।
वडाध्यक्ष अम्बर मगरको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै प्रमुख अतिथि मेयर श्रेष्ठले कार्यालय निर्माण पछी सेवाग्राहीहरुलाई सेवा दिन सहज तथा कर्मचारीहरुलाई पनि सहज हुने बताउनुभयो । कार्यालय निर्माणपछी वडाले आप्mनै भवन पाउने भएकाले वडाको विकासमा थप टेवा पुग्ने मेयर श्रेष्ठको भनाई थियो ।
त्यसैगरी विशिष्ट अतिथि उपमेयर गिता खड्काले निर्वाचित भएपछी पूर्वाधारका क्षेत्रमा काम गर्नै समस्या भएको क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो । उपमेयर खड्काले नगपालिकाको प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
वडाध्यक्ष मगरका अनुसार वडा नम्बर १४ ले लगभग २८ वर्षपछी आप्mनै प्रशासकीय भवन पाउन लागेको हो । तत्कालिन गाविसको भवन जीर्ण र विद्यालय परिसर भित्र भएपछी प्रशासकीय भवन लामो समयदेखि व्यक्तिको घरमा भाडामा संञ्चालन गरिएको थियो ।
वडाध्यक्ष मगरले लेखानीमा निर्माण सुरु भएको भवन तीनमहिना भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको बताउनुभयो । मगरका अनुसार भवन निर्माणका लागि स्थानीय देवराज खनाल र दिलबहादुर भूजेलले ३ रोपनी जग्गा निशर्त निशुल्क प्रदान गरेका हुन् ।
भवन निर्माण नगरपालिका ५१ लाख २२ हजार ५ सय ९६ लागत रहेको छ । जसमा वडाको १० लाख सहभागिता रकम रहेको पनि वडाध्यक्ष मगरले बताउनुभयो ।।