images
images

कोरोनामा बन्द भएका उदयपुरका फिल्म हल खुल्न सकेनन

जन्ताभ्वाईस सम्वाददाता
२० कार्तिक , सोमबार , २०८०
कटारी / कुनै समय उदयपुरको कटारी स्थित चन्द्र टाकीज हलमा फिल्म हेर्ने दर्शकहरुको व्यवस्थापन गर्न हल संञ्चालकलाई हम्मे हम्मे पर्थ्यौ । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भिड लाग्ने गर्थ्यौ ।
तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलायो । पछिल्लो समय कोभिड १९ को संक्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछी बन्द यो हल त्यसपछी भने संञ्चालनमा आउन सकेन । लामो समय कोरोनाका कारण बन्द भएपछी हल संञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताए ।
कटुवालका अनुसार कोरोना सकिएपछी प्रेमगीत ३ चलचित्र संञ्चालन गरेपनि हल मर्मत गर्नुपर्ने अवस्था आएपछी संञ्चालन गर्न नसकिएको हो । ‘हल मर्मत गर्ने अवस्थामा पुगेको छ , पाँच छ लाख खर्च गर्न सके हल संञ्चालनमा आउँथ्यो ।’कटुवालले भने , ‘अहिले हल पूर्ण रुपमा वन्द छ ।’
हल संञ्चालक प्रयास कार्की हलमा लगानी गर्ने मनसायमा छैनन् । ‘लगानी गरेर नाफा आउने अवस्था छैन् ।’कार्की भन्छन् , ‘संञ्चालनका लागि अन्य निकायले सहयोग गरे मात्रै हो , एक्लो प्रयासले लगानी गर्दा अव हलबाट नाफा कमाउन सकिन्दैन् ।’
कटारीको मात्रै होईन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो ।कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछी संञ्चालनमा आउन सकेका छैनन् । गाईघाटमा पनि तीनदशक अघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोना अघि देखि नै वन्द छ ।
बाबारानीले हल हटाएर अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको संञ्चालक जगदिश साह बताउँछन् । ‘लगानी गरेर के गर्ने हिन्दी फिलिम चलाउन महंगो पर्छ , नेपालीले फिलिमले लगानी पनि उठाउँदैनन् ।’
संञ्चालकले लगानी नगरेपछी जीर्ण अवस्थामा पुगेको हलमा यहि शनिबार नवल खड्काको काँडेतारको प्रिमियर शोको तयारी गरिएको छ । ‘प्रिमियर कसरी चलाउने भन्नेमा पनि चिन्ता छ ।’उदयपुरका कलाकार मिथुन ठाकुर भन्छन् ,‘जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडी बढ्न सकेको छैन् ।’
जिल्लाको पूर्वी क्षेत्रमा अहिले सम्म कुनै हल नै संञ्चालनमा आउन सकेको छैन् । पछिल्लो समय प्रविधिका कारण मोबाईलबाट नै मनोरञ्जन प्राप्त हुने हुँदा हलमा लगानी गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।