images
images

दसैंको अवसरमा सोरुङ्ग छविसेमा वृहत साँस्कृतिक कार्यक्रम हुने

जन्ताभ्वाईस सम्वाददाता
६ कार्तिक , सोमबार , २०८०
कटारी / विजया दशमीको अवसरमा यस वर्षको टिकाको दिन मंगलबार कटारी , १० सोरुङ्ग छविसेमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । कटारी नगरपालिका वडा नम्बर १० को आयोजना र छिमेकी युवा क्लवको सह आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा वहुप्रतिभाशाली कलाकार मनिष श्रेष्ठ , कलाकार मिना गिरी , हर्के हवल्दार र मेरी वास्सैका कलाकार गुन्द्रुके राजेन्द्र गिरी , जारी द भ्वाईसमा समेत प्रतिष्पर्धि रहेका गायक दिपक तामाङ्ग ,मोडेल तथा गायिका पवित्रा श्रेष्ठले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन् । त्यसैगरी मोडेल शिसिर बुढाथोकी , गायक रिदम सुनुवार , डान्सर अर्जुन तिरुवाले पनि प्रस्तुति दिनेछन् ।
दसैंका अवसरमा गाउँघरमा लुकेर रहेका प्रतिभाहरुको खोजि गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । मंगलबार दिउँसो हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन् ।