images
images

निर्देशक कृष्ण पौडेलको निर्देशनमा राजेश पायल र समिक्षा अधिकारीको दसैं गीत सार्वजनिक(भिडियो सहित)

जन्ताभ्वाईस सम्वाददाता
२६ असोज , शुक्रबार , २०८०
कटारी / हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीत सार्वजनिक हुने क्रम जारी छ । कलाकारहरुले दसैं विशेष गीतहरु ल्याउने प्रचलन नै छ ।
यसै अवसरमा पिपल डाँडंैमाझ बोलको गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत र गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दाहाल सन्तोषको शब्द रचना र संगीत बिशाल निरौलाको रहेको छ।
कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्।
सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।