images
images

व्यवसायिक फुल खेति गर्दै त्रिवेणी माविका विद्यार्थी

फुलखेतिमा काम गर्दै त्रिवेणी मावि कटारी विद्यार्थीका विद्यार्थी राजु ठाकुर र विनोद कार्की । तस्बिर / जन्ताभ्वाईस सम्वाददाता
जन्ताभ्वाईस सम्वाददाता
२६ असोज , शुक्रबार , २०८०
कटारी/ त्रिवेणी मावि कटारी , ४ , उदयपुरमा कृषि धार तर्पm कक्षा १२ मा अध्ययनरत राजु ठाकुर विहानदेखि वेलुकासम्मै विद्यालयमै हुन्छन् । कक्षा कोठा अघिल्लो तिरको ५ कट्ठा जग्गामा लगाईएको सयपत्री फुलखेतिमा काम गर्दैमा राजुको दिन वित्छ ।
राजु कक्षामा पढेको पाठ भन्दा पनि फुलबारीमा प्रयोगात्मक काम गर्दा समय वितेको पत्तो नै पाउँदैनन् ।‘फुलको वृत्तिविकास कसरी हुँदैछ , के को कमी भयो , के गर्नुपर्छ यसको अध्ययन गरिराख्नुपर्छ ।’राजुकै सहपाठी विनोद कार्की पनि राजुसँगै फुलबारीमै भेटिए । ‘अब उत्पादन हुनेमा हामी ढुक्क भईसकेका छौं ।’विनोदले भने ,‘अवको चिन्ता बजारको हो , माग आएसम्म यहिं र अर्डर अनुसार घरमै पनि पु¥याईदिने सोचमा छौं ।’
राजु र विनोद मात्रै होईन कक्षा १२ का ३० विद्यार्थीका लागि यो फुलखेति प्रयोगात्मक कार्य हो । ३० विद्यार्थीमा पनि ८ जना विद्यार्थीहरुको समूहलाई चाहिं यो व्यवसायिक खेति नै हो । ‘यहाँबाट आउने आम्दानी हाम्रो हुन्छ ।’राजुले भने , ‘स्कूलको लगानी हामी फिर्ता गरिदिन्छौं ।’
यहि विद्यालयबाट कक्षा १२ को परीक्षा पश्चात गरिने प्रयोगात्मक फुलखेतिका लागि विवश लामिछाने सहित १० विद्यार्थीको समूह जिल्लाकै सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकाको वोक्सेमा फुल खेति गरिरहेका छन् । ‘बोक्सेमा एकविघा जग्गा लिजमा लिएर व्यवसायिक फुलखेति गरिरहेका छन् ’विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले भने ,‘विद्यार्थीहरु व्यवसायिक रुपमा नै फुल खेतिमा लागेका छन् ।’
प्रधानाध्यापक कार्कीका अनुसार यस पटक कटारी र गाईघाट गरी दुईस्थानमा भईरहेको फुलखेतिमा विद्यालयले तीनलाख लगानी गरेको छ । विद्यालयका विद्यार्थीहरुले व्यवसायिक फुलखेति गरेको यो तेस्रो वर्ष हो । ‘गतसाल भएको नाफाका कारण विद्यार्थीहरुले फुलखेति बढाएका छन् ।’प्रधानाध्यापक कार्की भन्छन् ,‘बजारमा सवै उत्पादन लैजान सकिन्छ कि सकिन्दैन भन्ने चाहिं चिन्ताको विषय हो ।’
प्रधानाध्यापक कार्कीका अनुसार पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत उनीहरुले बेचेको फुलको आम्दानी विद्यार्थी आपैmले वाँडेर लिन पाउँछन् । ‘उनीहरुको कमाईले नै पढ्नलाई खर्च पनि जुट्ने गरेको छ । ।’प्रधानाध्यापक कार्कीले भने , ‘त्यहि कारण पनि विद्यार्थीहरु व्यवसायिक रुपमै लागेका छन् ।’
विद्यार्थीहरुले कटारी क्षेत्रमा तिहारमा आउने फुलको अभावलाई मध्यनजर गर्दै फुल खेति गरेका हुन् । ‘ गत वर्ष कटारीको फुल अभाव विद्यार्थीबाटै अन्त्य भयो ।’ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले भने ,‘यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममै फुल उत्पादन भईरहेको छ ।’
विगतमा यसपटकको भन्दा थोरै खेति गर्दा तिहारमा मात्रै विद्यार्थीहरुले एकलाख हाराहारीमा नाफा कमाएका थिए । यसवर्ष सदरमुकाम गाईघाटमा एक विघा र कटारीमा ५ कट्ठामा विस्तार गरेको फुलखेतिबाट विद्यार्थीहरुले राम्रो आम्दानी गर्ने लक्ष्य लिएका छन् ।
फुल खेतिका लागि शिक्षक कैलाश रायमाझीले संयोजकको भूमिका निर्वाह गरेका छन् । सिक्दै कमाउँदै कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले फुलखेतिका अलावा व्यवसायिक च्याउ खेति पनि गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहाल बताउँछन् ।