images
images

महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समितिको आठौं साधारण सभा सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२० असोज , शनिबार , २०८०
कटारी /श्री महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समिति कटारी , ३ को ८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष रत्नबहादुर सुनुवारको सभापतित्व र कटारी गनरपालिकाका उपमेयर गिता खड्काको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा वोल्दै प्रमुख अतिथि उपमेयर खड्काले महादेव गुफालाई नगरपालिकाले प्राथमिकतामा राखेर गौरव योजनामा समेटेको भन्दै यसको विकासका लागि नगरपालिका जहिले तयार रहेको बताउनुभयो । त्यसैगरी कटारीलाई पर्यटनको विकास गर्ने क्रममा गुफाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
त्यसैगरी कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्काले गुफा यस नगरकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र रहेको बताउनुभयो । यसको विकासलागि प्रदेश तहमा स्थायी सरकार बने योजनाहरु लैजान सहज हुने बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राईले गुफामा आवश्यक सुरक्षा व्यवस्थाका लागि कार्यालय जहिले तयार रहने बताउनुभयो ।
त्यस्तै उदयश्री बहुमुखी क्याम्पसका प्रमुख मुकेश थापाले यस गुफा क्षेत्रको वनलाई धार्मिक वन बनाउन भेलाले निर्णय पारित गरी शृङ्गार सामुदायिक वन उपभोक्ता समूहसँग वृहत छलफल गर्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष सुनुवारले सवैको सहयोगले गुफामा विकास जारी रहेको बताउनुभयो । गुफाको विकासका लागि सवै दाताहरुलाई धन्यवाद समेत दिनुभयो । सभाले पुन रत्नबहादुर सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन गरेको छ ।
समितिको उपाध्यक्षमा मोहन खड्का र लिलाकुमारी कटुवाल चयन भएका छन् ।त्यसैगरी कोषाध्यक्षमा मोहनकुमार वानिया , सचिवमा रोशन श्रेष्ठ , सह सचिवमा राजकुमार कार्की र सदस्यहरुमा दिब्या कँडेल , हिमाल अधिकारी , लालबहादुर विष्ट , देव ढुंगेल र वालिका ढुंगेल चयन भएका छन् ।सभाले समितिको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । त्यसैगरी आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।