images
images

कटारी , ३ राजावासमा सर्पको टोकाईबाट एकयुवाको ज्यान गयो

जन्ताभ्वाईस सम्वाददाता
१७ असोज , बुधबार , २०८०
कटारी / कटारी नगरपालिका , ३ राजावासमा सर्पको टोकाईबाट एक युवाको मृत्यु भएको छ । मंगलबार राति सुतेकै अवस्थामा राजावासका २५ वर्षिय युवा रामकाजी परियारको सर्पको टोकाईबाट मृत्यु भएको हो । वुवा टंक परियारका अनुसार राति सुतेकै ठाउँमा सर्पले टोकेको र र राजकाजीले सर्पसमेत मारेर सुतेका थिए ।
राति सर्प मारेर सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हो । छोरालाई आज (बुधबार )विहान कटारी अस्पत्तालको सर्पदंश उपचार केन्द्रमा पुराईएको स्थानीय देव ढुंगेलले बताउनुभयो । अस्पत्ताल ल्याईपुराउँदा उनको मृत्यु भईसकेको अस्पत्तालका प्रमुख निमित्त मेडिकल सुपरीडण्टेड डा.गौरब साहले बताउनुभयो ।
डा.साहका अनुसार उपचारमा ढिलाई भएका कारण अस्पत्तालसम्म आईपुग्दा परियारको मृत्यु भईसकेको हो । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार परियारलाई सुतेकै ठाउँमा सर्पले टोकेर मृत्यु भएको हो ।