images
images

दुधौली एफ एम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश

जन्ताभ्वाईस सम्वाददाता
४ असोज , बिहिबार , २०८०
दुधौली/ दुधौलीबाट प्रशारित दुधौली एफ एम ९७दशमलव २ मेगाहर्जले बुधबार दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । दुधौली स्वास्थ्य चौकीसँगैको कभर्ड हलमा एफ एमले एक कार्यक्रमकावीच वार्षिकोत्सव मनाएको हो ।
एफ एमका संञ्चालक समिति अध्यक्ष दिलबहादुर पौडेलको सभापतित्व र दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा एफ एमले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रा.डा.कृष्णहरी बराल , दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ढकाल विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा एफ एमका व्यवस्थापक दिपेन्द्र वुढाथोकीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले दोस्रो वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेकोमा शुभकामना दिंदै आगामी दिनमा थप प्रभावकारी संञ्चारमाध्यम बन्न सकोस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा गायक डिजराज पौडेलले गीत गायर मनोरञ्जन दिलाउनुभएको थियो । कार्यक्रमको अवसरमा कर्मचारी तथा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमकै अवसरमा दुधौली नगरपालिकाको सहयोगमा समाज परिवर्तनमा सञ्चारको भूमिका विषयक अन्र्तकृया समेत गरिएको थियो । दुधौली विकास प्रतिष्ठानको संञ्चालनमा एफ एम संञ्चालित छ ।