images
images

ओखलढुंगाको सिडियो भई सरुवा भएका चेतराज बराललाई कटारी नगरपालिकाद्वारा फेरी भेटौंला कार्यक्रम सन्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२६ भदौ , मंगलबार , २०८०
कटारी/ ईलाका प्रशासन कार्यालय कटारीमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका चेतराज बराल ओखलढुंगा सरुवा हुनुभएको छ । बराल जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी साथ सरुवा हुनुभएको हो ।
कटारीमा १८ महिना सेवा दिएर सरुवा हुनुभएका बराललाई मंगलबार कटारी नगरपालिकाले एक कार्यक्रमका वीच फेरि भेटौंला कार्यक्रम गरेको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ उपमेयर गीता खड्का , वडानम्बर ७ का वडाध्यक्ष सुविन , ढुंगाना , वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाङ्गका साथै कर्मचारीहरुले बरालको आगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बरालले कटारीमा रहँदा योजना अनुरुप गरेको कामसँगै वाँकी अधुरा कामहरु आगामी दिनमा पनि समन्वय गरेर गर्न नगरपालिकालाई सुझाव दिनुभयो ।
कार्यक्रममा नगरपालिकाको तर्पmबाट मायाको चिनो हस्तान्तरण गर्दै मेयर श्रेष्ठले बरालले कटारीमा हुँदा अभिभावकको भूमिका निभाएका स्मरण गर्दै , कार्यकाल निर्विवाद सम्पन्न गरेको , स्वाभाव र आचरणमा राम्रो छवि बनाएको र कार्यसम्पादन राम्रो गरेको भन्दै आगामी दिनमा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आएको हेर्न चाहेका बताउनुभयो । त्यसैगरी उपमेयर खड्काले उहाँको निस्वर्थ सेवाले यस क्षेत्रमा पुराएको योगदानको कदर गर्ने बताउनुभयो ।