जन्ताभ्वाईस सम्वाददाता
२५ , साउन , विहिबार , २०८०
तनहुँ/आफ्नो छैठौं वार्षिकोत्सव अवसर पारेर आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौँडा शाखाको आयोजना तथा तनहुँ सेवा अस्पताल प्रालिको प्राबिधिक सहयोगमा तनहुँ जिल्लाको सुक्ला गण्डकी नगरपालिका वडा नं ११ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा एक दिने निसुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ।
उक्त कार्यक्रममा १०० भन्दा बढि स्थानीय बासिन्दाले निसुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरी निसुल्क औषधि समेत प्राप्त गरेका थिए। उक्त कार्यक्रम सम्पन्न पस्चात कम्पनीका दुलेगौँडा शाखा प्रमुख श्री संतोष राज लामिछानेले सम्पूर्ण सहभागी संस्थाहरुलाई धन्यवाद ब्यक्त गरे।
कम्पनीका गण्डकी एरिया मेनेजर श्री पुर्शोत्तम पंडितले जीवन बीमाको महत्को बारेमा प्रकाश पारेका थिए भने कम्पनीका गण्डकी प्रदेश प्रमुख श्री कर्म राज पौडेलले कम्पनीको संथागत सामाजिक उत्तरदायित्व CSR अन्तर्गत आज देसै भरी निसुल्क स्वास्थ्य शिबिर संचालन भएको जानकारी गराउदै आगामी भाद्र १ गते पोखरामा प्रभातफेरी सहित रक्तदान कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा रक्तदानका लागि आह्वान गरे सो अवसरमा वडा नं ११ का वडाध्यक्ष श्री सालिकराम भट्टराई , श्री महेन्द्र माध्यमिक विद्यालय सुकला गण्डकी ११, श्री तनहुँ सेवा अस्पताल र स्थानीय हिमालय आमा समुह र बिधालयका शिक्षक कर्मचारी र आफ्ना अभिर्ताहरुलाई धन्यवाद सहित प्रसंसा पत्र प्रदान गरेका थिए।


जनता भ्वाइस 







