images
images

कटारीमा वत्ती आउने जाने समस्या समाधानका लागि काम थालिने

जन्ताभ्वाईस सम्वाददाता
२१ साउन , आईतबार , २०८०
कटारी/ कटारीमा अनियमित रुपमा विजुली आउने जाने समस्या समाधानका लागि काम थालिने भएको छ । आईतबार कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का , ४ का वडाध्यक्ष भूपेन्द्र सिंह तामाङ्ग सहित सम्बन्धित कार्यालय प्रमुख र प्राविधिकहरु सहितको छलफलले काम अघि बढाउने सहमति गरेका हुन् ।
विद्युत प्राधिकरण उदयपुरका प्रमुख विजयबावु खत्री कटारी शाखा प्रमुख सन्तोष कार्की र फिडर लाईन जडानका जिम्मेवारी पाएका कन्ट्याक्टर र प्राविधिहरुको छलफलले काम थाल्ने सहमति गरेका हुन् ।विद्युत प्राधिकरण उदयपुरका प्रमुख विजयवाबु खत्रीका अनुसार तत्काल काम थाल्ने र २५ दिन भित्रमा काम सकिएपछी विद्युत जाने आउने समस्या समाधान हुनेछ ।
यस अघि कटारीका मेयर श्रेष्ठले प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गसँग समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो ।