images
images

ताप्ली गाउँपालिकाले ल्यायो दुईवटा कृषि एम्बुलेन्स , स्वास्थ्य एम्बुलेन्स पनि आईपुग्दै

तस्बिर साभार पत्रकार राकेश नेपालीको फेसबुक ।
जन्ताभ्वाइस सम्वाददाता
११ साउन , विहिबार , २०८०
कटारी /उदयपुरको उत्तरपश्चिमी गाउँपालिका ताप्लीले दुई वटा कृषि एम्बुलेन्स गाउँपालिकामा ल्याएको छ । ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माका अनुसार गाउँपालिकाले ५१ लाख हाराहारी खर्चेर कृषकहरुका लागि कृषि एम्बुलेन्स ल्याएको हो ।
कृषि एम्बुलेन्सले कृषकहरुका उत्पादन सस्तो मूल्यमा बजार पुराईदिने गाउँपालिका अध्यक्ष विश्कर्माले बताउनुभयो । “कृषकहरुका दाल , तरकारी लगायतका उत्पादन , खसी , वाख्रा वोका , राँगालाई सस्तो मूल्यमा ढुवानी गरेर बजार पुराईदिन्छौं , ”अध्यक्ष ढुंगानाले भन्नुभयो ।“कृषकहरुले विश्वास गरे गाउँपालिकाले नै खरिद गरेर समेत बजारमा पुराउनेछौं ।”
पहाडी गाउँपालिकाका ताप्लीमा उत्पादन भएका कृषकहरुका उत्पादनलाई बजारसम्म पुराउने उद्येश्यले कृषि एम्बुलेन्स ल्याईएको हो । ताप्लीका कृषकहरुले उत्पादन गरेका उत्पादनलाई कटारी बजार , लगायत अन्यत्र लैजान समस्या भएपछी गाउँपालिकाले नै कृषकहरुका उत्पादनलाई बजार पुराउने तयारी गरेको हो ।
पहाडी पालिकामा हालसम्म स्वास्थ्य एम्बुलेन्स पनि थिएन । गाउँपालिकाले स्वास्थ्य एम्बुलेन्स पनि ल्याउँदैछ । भन्सार छुट सहित स्वास्थ्य एम्बुलेन्स भन्सार कटिसकेको र एकदुईदिनमै गाउँपालिकामा आईपुग्ने गाउँपालिका अध्यक्ष विश्कर्माले बताउनुभयो ।