जन्ताभ्वाईस सम्वाददाता
२० असार , बुधबार , २०८०
कटारी /कटारी ,नगरपालिका वडा नम्बर , ३ च्याँगाका ६७ वर्षिय कृष्णबहादुर तामाङ्ग अहिले आँप र लिच्चीको विरुवा कटारी बजारमा बेच्न दैनिक बजार आईपुग्नुहुन्छ । आप्mनै साकाहारी कृषि फर्मबाट ४ किलोमिटर टाढा कटारी बजारको भूगोलपार्कमा लगेर विरुवाहरु विक्री गर्ने गर्दै आउनुभएका तामाङ्ग वर्षेनी विरुवाहरु विक्रीबाट राम्रै आम्दानी गर्ने गरेको बताउँछन् ।
तामाङ्गले मौसम अनुसार , आँप , लिच्चीका अलावा ड्रागन फ्रुट , धुपी , विभिन्न प्रजातिका फुलहरु , तरकारीका विऊहरु आपैmले उत्पादन गरेर विक्री गर्ने गर्नुभएको छ । “आप्mनै नर्सरीमा विरुवाहरु उत्पादन गर्छु , कलमी गर्छु र विक्री गर्छु , आप्mनो उत्पादन भन्दा बढी माग आए सिरहाबाट ल्याएर पनि कृषकहरुलाई विक्र गर्ने गरेको छु ।”तामाङ्गले भन्नुभयो “विरुवाहरुका अलावा मेन्दोला घाँस खेति पनि गरेको छु , घाँसको पनि विरुवा , विऊ विक्री गर्ने गरेको छु ।”
मूख्यगरी नर्सरी स्थापना गरेर संञ्चालन गर्दै आएका तामाङ्गले विगत ५ वर्षदेखि विरुवाहरु विक्री गर्दै आईरहनुभएको छ । १५ वर्षअघि गाउँकै किराना पसल बन्द गरेर व्यवसायिक तरकारी खेतिमा लाग्नुभएका तामाङ्गले एकदशक तरकारी खेति गर्नुभयो । तरकारी खेतिबाट पसलको ऋण तिर्नेदेखि लिएर ४ जनाको परिवार समेत पाल्नुभएका तामाङ्ग तरकारी खेतिको एकदशकपछी नर्सरीमा लाग्नुभएको हो ।“दुबै कृषिकर्म नै हो , फरक खासै छैन् ”उहाँले भन्नुभयोे “तरकारी खेतिमा बढी जनशक्ति लाग्ने लगानी बढी चाहिने भएपछी नर्सरीमा लागेको हुँ ।”
सिंचाईको अभाव रहेको गाउँमा डेढदशक अघि पहिलो पटक व्यवसायिक तरकारी खेति गरेर काउली , मुला ,टमाटर , परबर , बन्दा , खुर्सानी मनग्गे आम्दानी गरेका तामाङ्ग आर्थिक रुपमा पनि राम्रै आम्दानी गरेको बताउनुहुन्छ । “मेहनत गरेको कृषीबाट परिवार पाल्ने र घरखर्च राम्रो चल्यो त्यसैमा सन्तुष्ट छु ।”
कटारी क्षेत्रमै व्यवसायिक कृषि गर्नेमा तामाङ्ग सम्भवत पुरानो कृषक हुनुहुन्छ । लामो समय व्यवसायिक कृषि गरेपनि हालसम्म कुनै पनि निकायले कृषिको प्रोत्साहनका लागि अनुदानमा सहयोग नगरेको तामाङ्गको गुनासो छ । कृषि नै नगर्नेले अनुदान लगेको सुनेको देखेको बताउँदै उनले धेरै पटक नगरपालिका , वडा कार्यालय धाउँदा पनि अनुदान नपाएको बताउनुभयो ।
२०७४ सालमा आपैmले साकाहारी कृषि फर्म दर्ता गरेर वडा र नगरमा प्रस्तावनाहरु पेश गरेपनि कसैले वास्ता नगरेको उहाँको गुनासो छ ।“धेरै पटक कार्यालयहरु धाँए , कतैबाट एकरुपिंया पाईन् ”उहाँले भन्नुभयो “फलानाको नर्सरी रहेछ भनेर समेत कसैले वास्ता गरेनन् ।”
वडा , नगरको कृषि क्षेत्रका लागि आफु आवश्यक विऊ , विरुवा उत्पादन गरेर दिन , उत्पादन गर्न सिकाउन , कृषिको प्रवद्धृन गर्न तयार हुँदा समेत कसैले वास्ता नगरेको उहाँले बताउनुभयो । “कृषिकर्म गरेर मात्रै नहुने रहेछ कमिसन दिन सके मात्रै अनुदान पाईने रहेछ , म कसैलाई कमिसन ख्वाउनेवाला छैन् । उहाँले भन्नुभयो “पसिनाको कमाई गर्न कमिसन दिने गर्दा कृषि नेपालमा फस्टाउन नसकेको हो ।”


जनता भ्वाइस 







