images
images

लम्पीले गोठका गाई मर्न थालेपछी कृषक चिन्तित

कटारी ३ स्थित अनिल खत्रीको मरेको गाई । तस्बिर सौजन्य खत्रीको फेसबुक
जन्ताभ्वाईस सम्वाददाता
१८ असार , सोमबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर ३ मा पैmलिएको लम्पी स्किन रोगका कारण कृषकहरु समस्यामा परेका छन् । गाईभैंसीमा लाग्ने लम्पीले वडाको वलियमा अनिल खत्रीको जर्सी गाई मरेको छ । एउटा गाई मरेको र अर्को दुईवटा गाई पनि गम्भिर विरामी अवस्थामा रहेको खत्रीले बताउनुभयो ।
नगरपालिकाको कृषि शाखाबाट कुनै पनि सचेतनामूलक कार्यक्रम समेत नहुँदा कृषकहरु मारमा परेको खत्रीले बताउनुभयो । ऋण गरेर पशुपालनमा लागेका कृषकहरु गोठबाट गाई मर्न थालेपछी चिन्तित बनेका छन् । लगभग ८० हजार बराबरको गाई मरेको खत्रीको भनाई छ ।
त्यसैगरी बलियाकै नगेन्द्र कार्कीको कार्की पशुपालन फर्ममा पनि लम्पीले गाई विरामी परेका छन् । वडाको च्याँगा , ताराघारी गाउँहरुमा पनि लम्पीले गाईगोरु विरामी परेका छन् । आम्दानीका रुपमा कृषीलाई अंगालेका कृषकहरु लम्पीले गाईगोरु मर्न थालेपछी चिन्तित बनेका हुन् ।