जन्ताभ्वाईस सम्वाददाता
१५ असार , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर १ खसिबास स्थीत बेलसोत खोलामा झोलुङ्गे पुल निर्माण गरीएको छ । पुलको आज एक कार्यक्रम बीच उदयपुर क्षेत्र नंम्बर २ का सांसद अम्बर बहादुर रायमाझीको प्रमुख आतिथ्यता र कटारी नगरपालिकाका मेयर राजेश चन्द« श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन गरीएको छ ।
पुल उद्घाटन गर्दै प्रमुख अतिथि रायमाझीले खसिबासको सडक निर्माणका लागि प्रदेश र संघमा पहल गर्ने बताउनुभयो । त्यसैगरि खसिबास कृषि तथा पशुपालनको सम्भावना बोकेकोले पकेट क्षेत्रको रुपमा बिकाश गर्दै लैजानु पर्ने पनि रायमाझीले बताउनुभयो ।
त्यसैगरि बिशेष अतिथि कटारी नगरपालिकाका मेयर श्रेष्ठले खसिबासको सडकलाई रिङरोडको रुपमा बिकाश गर्नुपर्ने बताउनुभएको छ । उक्त सडकलाई बाहृै महिना सञ्चान गर्न सक्ने गरि स्तरउन्नतिका लागि बजेटको व्यवस्था गरिदिन पनि सांसद अम्बर बहादुर रायमाझीलाई श्रेष्ठले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कटारी नगरपालिकाको उपमेयर गिता खड्रकाले पुलको राम्रो सँग हेरबिचार गर्न स्थाीनय लाई आग्रह गर्नुभयो । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष पदम बहादुर मगरले सडक निर्माणका लागि वडाले नसक्ने भएकाले केन्द्र सरकारले बजेट दिनुगर्ने बताउनुभयो । पुल निर्माण भएपछि स्थानियलाई सहज भएको भन्दै सडक निर्माण गरिदिन स्थानिय ज्ञान बहादुर लामाले आग्रह गर्नुभयो ।कार्यक्रममा कटारी ४ का पूर्व वडाध्यक्ष कृष्णराज दनुवार , उदयश्री वहुमुखी क्याम्पस कटारीका प्रमुख मुकेश थापा , एमाले नगर कमिटी कटारीका अध्यक्ष संञ्जिव कार्की , कटारी नगरपालिकाका सचिवालयका सुदिप बराल लगायतको उपस्थिति रहेको थियो ।
पुल ५९ लाख ९९ हजार ९ सय ६५ को लागतमा निर्माण गरीएको हो । कटारी नगरपालिकाको सहयोगमा निर्माण गरीएको पुलले खसिबास, एक्लेसल्लाका स्थानियलाइ लावान्भित बनाएको छ । पुल निर्माण भएपछि गाँउका बालबालिकालाई बिद्यालय जान सहज भएको छ । पुल निर्माणका लागि गत बर्ष उपभोक्ता समिति सँग कटारी नगरपालिकाले सम्झौता गरेको थियो ।



जनता भ्वाइस 







