जन्ताभ्वाईस सम्वाददाता
४ असार , सोमबार , २०८०
कटारी / कटारी , ४ मा भेनाजुको छुरा प्रहारबाट साला गम्भिर घाईते भएका छन् । भेनाजु अन्दाजि २२ वर्षिय दिपक सदाको छुरा प्रहारबाट साला अन्दाजी १६ वर्षिय लाटो सदा गम्भिर घाईते भएका हुन् ।
आज दिउँसो भेनाजुले छुरा प्रहार गर्दा गम्भिर घाईते भएका सालालाई कटारी अस्पत्तालबाट थप उपचारका लगि जिल्ला अस्पत्ताल गाईघाट रेफर गरिएको छ । छुरा हानेर फरार रहेका भेनाजु दिपकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी रविन कार्कीले बताउनुभयो ।
घटनाका विषयमा अनुसन्धान भईरहेको पनि प्रमुख कार्कीले बताउनुभयो । घाईतेको पेटमा छुरा प्रहारहुँदा गम्भिर चोट लागेकाले थप उपचारका लागि जिल्ला अस्पत्ताल पठाईएको कटारी अस्पत्तालका प्रमुख मेडिकल सुपरीडेन्टेड डाक्टर गौरव साहले बताउनुभयो ।


जनता भ्वाइस 







