जन्ताभ्वाईस सम्वाददाता
२६ , जेठ , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाई मल अभाव हुन नदिन आज मल वितरक सहकारी संस्थाहरुसँग छलफल गरेको छ ।नगरपालिकामा कटारी नगरपालिकाका मल वितरणको अनुमति पाएका सहकारीहरुसँग नगरपालिकाले छलफल गरेको हो ।
नगरपालिकाका उपमेयर गीता खड्काको संयोजकत्वमा गठित मल व्यवस्थापन सम्वन्धि समतिको वैठकले यस वर्ष नगरका कृषकहरुलाई मल अभाव हुन नदिन सहकारीहरुसँग छलफल गरेको थियो । छलफल पछी यस वर्ष मल अभाव नहुने प्रतिवद्धता सहकारीहरुले जनाएको उपमेयर खड्काले बताउनुभयो ।
छलफलमा वोल्दै मेयर राजेशचन्द्र श्रेष्ठले कृषकहरुलाई सहज र सहुलियत दरमा मलको व्यवस्था गर्न सहकारी संञ्चालकहरुलाई निर्देशन दिनुभयो । विगतमा जस्तो मलको हाहाकार हुन नदिन र बजारमा बढी मूल्यमा मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै कटारी बजारमा पनि सहकारीहरुलाई मल वितरण केन्द्र स्थापन गरेर कृषकहरुलाई आवश्यकता अनुसार मल वितरण गर्न पनि मेयर श्रेष्ठले निर्देशन दिनुभयो ।छलफलमा कटारी ३ का वडाध्यक्ष पुष्कर खड्का र वडा नम्बर ४ का वडाध्यक्ष भुपेश योञ्जनको पनि उपस्थिति थियो ।
नगरपालिकामा वसेको छलफलमा नगरपालिकाको कृषी शाखाले रासायानिक मल वितरणको सिफारिस पाएका सहकारीहरुलाई २०७७ को निर्देशिका बमोजिम मल वितरण गर्न र नगरे निर्देशिका बमोजिमको कार्वाही गर्ने चेतावनी दिएको थियो ।
कटारीमा हाल सम्म साझा सहकारी कटारी , ३ , अन्नवाली कृषी सहकारी कटारी ५ , सृष्टि महिला कृषी सहकारी कटारी ३ र सूर्यमूखी कृषी सहकारी कटारी , ३ ले मल वितरण गर्ने अनुमति पाएका छन् ।