images
images

कटारी चारका किसानहरुलाई बोयर जातको बोका वितरण

जन्ताभ्वाईस सम्वाददाता
२० जेठ , शनिबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ४ मा उन्नत बोयर जातको बोका वितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी विभिन्न गाउँहरुलाई समेट्ने गरी ४ वटा बोयर बोका वितरण गरिएको वडाध्यक्ष भूपेश योञ्जनले बताउनुभयो ।
वडाध्यक्ष योञ्जनका अनुसार हाललाई भौगौलिक क्षेत्रलाई अध्ययन गरी बोका वितरण गरिएको हो । नगरपालिकाको पशु सेवा शाखा अन्र्तगत चालु आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत बोका वितरण गरिएको हो ।