images
images

कटारी बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापन गरिने

जन्ताभ्वाईस सम्वाददाता
१४ जेठ , आईतबार , २०८०
कटारी / कटारी बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापन गरिने भएको छ । बजार क्षेत्र र आसपासका विजुलीका खम्बासँगै रहेका अव्यवस्थित तारहरुले दुर्घटनाको जोखिम बढाउनुको साथै बजारको सुन्दरतामा समेत आँच पुराएपछी बजारको तार व्यवस्थापनमा कटारी नगरपालिका वडा नम्बर ३ ले पहल थालेको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले आज कटारी बजारमा संञ्चालित ईन्टरनेत प्रदायक कम्पनीका प्रतिनिधि , नेपाल विद्युत प्राधिकरण कटारी शाखा र नेपाल टेलिकम ,ट्राफिक प्रहरी पोष्ट , टोल विकास संस्था , हाट बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुसँग छलफल राख्नुभएको थियो । छलफल पश्चात कटारी बजारका अव्यवस्थित तारहरुलाई एकमहिना भित्रमा व्यवस्थित गर्नेगरी काम थाल्न सम्बन्धित पक्षहरुलाई सहमत गराईएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
प्रयोगमा नआएका पुराना तारहरु त्यतिकै छाड्ने , बजारमा भुईतिर नै तारहरु लाथलिङ् छाड्ने भएकाले दुर्घटनाको पनि जोखिम रहेको भन्दै यसलाई समाधान गर्नुपर्ने ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले बताउनुभयो ।
बजार क्षेत्रमा कुरुप हुनेगरी असरल्ला तारहरु र व्यवस्थापनका लागि एकमहिना भित्र सम्बन्धित प्रदायक संस्थाहरुले तारहरुको व्यवस्थापन गर्ने र एकमहिना पश्चात संयुक्त रुपमा अनुगमन गरी तारहरुलाई व्यवस्थित गर्न सहमति जुटेको थियो । कटारीमा वल्र्ड लिन्क , ब्रोड लिन्क , वेव सर्पmर , नेपाल टेलीकम , टेकमाईन जस्ता कम्पनीहरुले ईन्टरनेट सेवा दिईरहेका छन् । बजारमा सेवा प्रदायक संस्थाहरु कम भएपनि असरल्ला तारहरु भने धेरै भएको भन्दै वडा कार्यालयले पहल थालेको हो । कटारीको वडा नम्बर ३ मूख्यगरी बजार क्षेत्रमा रहेको छ ।