images
images

प्रहरीद्वारा कटारी ६ सोमबारे र कटारी १ वेलसोतमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

तस्बिर सौजन्य प्रहरी कार्यालय कटारीको फेसबुक ।
जन्ताभ्वाईस सम्वाददाता
८ जेठ , सोमबार , २०८०
कटारी/ ईलाका प्रहरी कार्यालय कटारीले सोमबार समुदाय साझेदारी कार्यक्रम अन्र्तगत कटारी ६ सोमबारेमा आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको मातहत प्रहरी चौकी रिस्कूका वरिष्ठ प्रहरी हलल्दार वैशकुमार राईको नेतृत्वको प्रहरी टोलीले सोमबारेमा कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय जनप्रतिनिधि , वुद्धिजिवि लगायतकका सरोकारवालाहरुको उपस्थितिमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको कार्यालयले जनाएको छ । त्यसैगरी कार्यालय मातहतकै प्रहरी चौकी वेलसोतका प्रहरी वरिष्ठ नायव निरीक्षक रुपेश कुमार झाको नेतृत्वको टोलीले सोमबार नै कटारी १ को वेलसोतमा बाल विवाह तथा बहुविवाह न्युनिकरण सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको पनि प्रहरीले जनाएको छ ।