images
images

सेनाको आयोजनामा रक्षा सम्वाददाता अभिमूखीकरण सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२९ वैशाख , शुक्रबार , २०८०
सिन्धुली / नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको आयोजनामा चार दिने रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराउदै सञ्चारकर्मीहरुसंग सम्वन्ध अझ सुमधुर वनाउने उद्धेश्य सहित सिन्धुलीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रम मध्य पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रेम ध्वज अधिकारीको प्रमुख आतिथ्यमा समापन गरियो । सो क्रममा पृतनापति अधिकारीले फरक व्यवसायिक विषय तथा जिमेवारी बोकेको नेपाली सेना र सञ्चारकर्मीविचको सम्वन्ध मजवुत वनाउन अभिमुखिकरण सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पृतनापति अधिकारीले नेपाली सेनाले अंगिकार गर्दै आएको राष्ट्रिय सुरक्षा ,जनहितको रक्षा ,विकास निर्माण,प्रकृति संरक्षण तथा विश्वशान्ति प्रवद्र्धन गर्ने अति नै संवेदनशिल विषयमा सकारात्मक जनधार सिर्जना गर्ने काम सञ्चार जगतले मात्र गर्न सक्ने वताउनुभयो ।
रक्षा सम्बाददाता अभिमुखिकरण कार्यक्रममा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, दोलखा, रामेछाप, उदयपुर र सिन्धुली गरी १२ जिल्लाका १९ जना सञ्चारकर्मीहरुको सहभागी रहेको थियो । यही वैशाख २५ गते देखि सिन्धुलीको श्री नम्बर ९ वाहिनी अड्डामा सञ्चालन भएको अभिमुखीकरणमा नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई प्रमाण पत्र समेत वितरण गरियो । सो अवसरमा अभिमुखिकरणमा सहभागी सञ्चारकर्मीहरुलाई सिन्धुली गढी युद्ध संग्रहालय लगायतको स्थलगत भ्रमण समेत गराइएको थियो ।