images
images

दुधौलीमा स्तरघटुवा भएको विद्यालयमा शिक्षिका ल्याउन पनि चलखेल

कक्षा २ मा अध्ययनरत २ विद्यार्थी , यस विद्यालयमा कक्षा ३ मा ३ जनानै विद्यार्थी अध्ययन गरिरहको पाईयो । तस्बिर / जन्ताभ्वाईस सम्वाददाता

जन्ताभ्वाईस सम्वाददाता
२६ वैशाख , मंगलबार , २०८०
दुधौली/सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ स्थित श्री प्रावि च्यानडाँडामा शिक्षक नियुक्तीमा चलखेल गरेको पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण राउतले आरोप लगाउनुभयो । विद्यालयका प्रधानाध्यापक गीता केसीको मृत्यु भएपछी रिक्त रहेको स्थानमा नगरपालिकाकै पित्लेभञ्ज्याङ्गमा अध्यापन .गराईरहेकी अनिता माझीलाई चलखेल गरी विद्यालयमा ल्याईएको र हाजिर गराईएको राउतको आरोप छ ।
माझीलाई विद्यालयमा ल्याउन तत्कालिन विव्यस अध्यक्ष रातउसँग कुनै छलफल नगरिएको र राउतको स्विकृति नै नगरी दिनेश राउतको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो । “मलाई नै खबर नगरी भेला बोलाएर अर्कै अध्यक्ष खडका गरेको थाहा पाएपछी म भेलामै गईन् ।”पूर्व अध्यक्ष राउतले भन्नुभयो ।“मैले कुनै बरबुजारथ गरेको हिसाव किताव दिएको पनि छैन् आफु खुसी संञ्चालन गरिरहेका छन् ।” शिक्षिका माझीलाई घरपायक ल्याउनका लागि चलखेल गरेको पनि पूर्व अध्यक्ष राउतले बताउनुभयो ।
वडाध्यक्ष केशव बरालले शनिबार भेला बोलाएको भएपनि आफुले अन्य दिन बोलाउन आग्रह गरेपनि आग्रहलाई अस्विकार गर्दै शनिबार नै भेला राखेर निर्णय गरेको पाईएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक ठानबहादुर चौलागाईले सवै प्रकृया पुरा गरेर नै विव्यस गठन गरिएको बताउनुभयो ।
विद्यालयमा हाल २८ जना विद्यार्थी रहेका छन् । यस शैक्षिक सत्रमा विद्यालयले जम्मा २६ विद्यार्थीलाई पुस्तक वितरण गरेको थियो । कक्षा ५ बाट स्तर घटुवा गरी कक्षा तीनमा झारिएको विद्यालयको शैक्षिक अवस्था गुणस्तरहिन रहेको अभिभावकहरु बताउँछन् । तीन शिक्षक र एक कार्यालय कर्मचारी रहेको विद्यालयमा राजनीतिक दलका सिमित नेताहरुले शिक्षिका माझीलाई ल्याउन चलखेल गरेको आरोप छ ।
विद्यालयमा आवश्कता भन्दा बढी शौचालय निर्माण भएका छन् । २ वटा विद्यालय भवन रहेको छ भने ३ वटा शौचालय रहेको छ । बजेटमा चलखेल गर्नकै लागि शौचालय मात्रै बनाएको अभिभावकहरु बताउँछन् । विद्यालयमा कक्षा २ मा २ जना कक्षा ३ मा ३ जना विद्यार्थीहरु मात्रै अध्ययन गर्न आएको समेत पाईयो । विद्यालयको नाममा ल्याईएको दराज पनि व्यक्तिले लगेर घरमा चलाएको पनि पाईएको छ ।