images
images

कटारीमा उभौली साकेलाको रौनक यस्तो देखियो (फोटो फिचर)

जन्ताभ्वाईस सम्वाददाता
२२ वैशाख , शुक्रबार , २०८०
कटारी/ वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाईने किरा“त राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरा“त बस्तीहरुमा अहिले साकेलाको रौनक छाएको छ । शुक्रबार साकेला थानमा विधिपूर्वक पुजा गरी औपचारिक रुपमा साकेला उभौली प्रारम्भ भएको किरात राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पदम राईले बताउनुभयो ।
उभौलीको अवसरमा यस वर्ष पनि कटारीका राई समुदायले कटारी , ३ स्थित साकेला थानमा विधिवत पुजा आराधना गरी शुभकामना आदान प्रदान गर्दै उभौली मनाएका छन् । साकेला थानमा साकेला नाच तथा सामुहिक भेलापछी उनीहरुले भूगोलपार्कमा आएर साकेला नाच्दै उभौलीको समापन गरेका थिए ।
यस वर्ष कोशी प्रदेश नामाकरणको विरुद्ध साँस्कृतिक रुपमा विरोध गर्दै उभौली मनाईएको पनि अध्यक्ष राईले बताउनुभयो । उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस , सबैमा सुख–शान्ति पैmलियोस , दैवीप्रकोप तथा विपत्तिहरु नआऊन भनेर कृषि युगदेखि नै मनाउन थालिएको बुढापाकाहरु बताउ“छन् ।
त्यसैगरी पानी पर्न थालेपछि नदी ,खोला , खहरेहरुमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरा“त समुदायले माछाहरु उकालो (उ“भो) पानी आउने ठा“उतिर बसाइ“ सरेको समयलाई समेत उभौलीको संकेतका रुपमा यो पर्व मनाईने गरेको पाईन्छ । त्यस्तै उभौली पर्व मानिस , जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाईने गरिन्छ ।
भाषा , संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरा“तहरु आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउने गरिएको छ । उभौलीका अवसरमा सामूहिक रुपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ ।
साकेलामा प्रकृतिस“ग जोडिएका अनेकन मिथकहरु स“गै माया पिरतीका शब्दहरुमा थुप्रै चालमा नाचिने नृत्य हेर्न अन्य समुदायले पनि छुटाउ“दैनन् । पछिल्लो युवा पुस्तामा समुदायको भेषभुषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ । हातमा सेउली , चमर लिएर, ढोल ,झ्याम्टाका साथ किरात बस्तीमा युवा युवतीहरु रमाउने गरेका छन् । चर्को गर्मी , वर्षा झरीको समेत वास्ता नगरी युवा पुस्ता उभौली साकेलामा रमाउने गर्दछन् । उभौलीको अवलोकन गर्न कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गीता खड्का समेत सहभागी भएका थिए ।