जन्ताभ्वाईस सम्वाददाता
१९ वैशाख , मंगलबार , २०८०
कटारी / कटारीमा पनि राष्ट्रिय सुचना प्रविधि दिवश २०८० आज विविध कार्यक्रम गरी मनाईएको छ । सुरक्षित सुचना प्रविधि , सुशासन र समृद्धि भन्ने नाराका साथ दिवश मनाईएको हो ।
दिवशको अवसरमा कटारी बजारमा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीले कटारी बजार परिक्रमा गरी भूगोलपार्कमा समापन गरिएको थियो । कार्यक्रममा कटारी प्रविधिसँग सम्वन्धि ईष्टिच्युटका युवा पुस्ताको सहभागीता रहेको थियो ।
सूचना प्रविधिसँग सम्वन्धित विभिन्न सचेतना मूलक प्लेकार्ड र नारासहित प्रभातफेरी गरिएको थियो । प्रविधिसँग काम गर्ने संञ्जालको उपसमितिले कटारीमा कार्यक्रम सम्पन्न गरेको समितिका अध्यक्ष नेत्र मगरले बताउनुभयो । ।


जनता भ्वाइस 








