जन्ताभ्वाईस सम्वाददाता
८ वैशाख , शुक्रबार , २०८०
कटारी / कटारीमा सिंचाई सुविधा पुराउन कुलो निर्माण गरिएको छ । कटारी –२ मा खोक्सेली कुलो निर्माण योजना सम्पन्न भएको छ। कुलो निर्माण भएपछि वडा नम्बर २ को सिमानपुर,कल्याणपुर, ददरिया र खोक्सा गाउँका कृषक खुसी भएका छन् । कोसी प्रदेशका प्रदेश सदस्य राम कुमार खत्रीले उक्त आयोजना उद्घाटन गर्नु भएको थियो। किसान लाई सिंचाई , मल, बीउ समयमा उपलब्ध नहुँदा समस्या हुने गरेको आफूले महसुस गरेको बताउनु भयो।आफू पनि किसान कै छोरा भएकोले आफूलाई नजिक बाट किसानको समस्या बारे जानकार रहेको बताउँदै प्रदेश सरकारको तर्फ बाट किसानलाई सिंचाई सुविधा पुराउन समयमा मल, खाद र बीउ विजन उपलब्ध गराउन पहल गर्ने बताउनु भयो। सांसद खत्रीले सबै कृषकलाई व्यावसायिकरुपले कृषिमा लाग्न समेत आग्रह गर्नुभयो ।
उक्त योजनाबाट ३ सय घरधुरीका एक हजार ९ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । रु ४ करोड ४९ लाख हजार लागतमा निर्माण गरिएको खोक्सेलि खुलो आयोजना तावाखोला सिमानपुरबाट १ हजार ७ सय मीटर लामो पक्की कुलो रहेको ३३ सय मिटर कच्ची कुलो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालयका उदयपुरका प्रमुख देव मण्डलले बताउनुभयो ।
योजनामा परे पछि कुलो निर्माण गर्न स्थानीयको अग्रसरतामा काम समयमा सम्पन्न भएको वडा अध्यक्ष प्रेम बहादुर थापाले बताउनुभयो । खोक्सेली कुलो निर्माणले किसान लाई राहत पुग्ने र उत्पादन समेत बढ्ने अध्यक्ष थापाले बताउनु भयो। कार्यक्रममा कटारी ३ का वडा अध्यक्ष पुष्कर खड्का, ४ नम्बर अध्यक्ष भुपेश तामाङ र कटारी ८ का वडा अध्यक्ष नवीन तामाङ र स्थानियको उपस्थित रहेको थियो।



जनता भ्वाइस 







