जन्ताभ्वाईस सम्वाददाता
२८ , चैत्र , मंगलबार , २०७९
कटारी / कटारी वडा नम्बर ९ मा हिजो कृषकहरुलाई गोठ निर्माण , गोठ सुधारका लागि आवश्यक सामाग्री वितराण् गरिएको छ ।वडाध्यक्ष वेगबहादुर आले (सुनिल)का अनुसार ८ घरलाई गोठ निर्माणका लागि जस्तापाता र हिल ट्यान्क , र दश घरलाई गोठ सुधारका लागि सिमेन्ट र पञ्जा लगायतका सामाग्री वितरण गरिएको हो ।
मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुर र वल्ड भिजन नेपालको सहयोगमा सामाग्रीहरु वितरण गरिएको हो । कृषकहरुलाई गोठ सुधार गर्दै कृषी कार्यक्रमा सहजता ल्याउन सामाग्री वितरण गरिएको हो ।


जनता भ्वाइस 







