जन्ताभ्वाईस सम्वाददाता
१७ चैत्र , शुक्रबार , २०७९
दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ घैयाबारीमा आज विहान परालको कुन्युमा आगलागी भएको छ । स्थानीय रामजित राईको घर निजिकै राखेको परालमा आगो लागी हुँदा पराल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएलगत्तै वडा अधक्ष्य राजन दाहालको पहलमा नगरपालिकाको दमकल र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । तत्काल दमकल र नगर प्रहरी सहित स्थानीय जुटेकाले ठूलो क्षतिबाट जोगिन सफल भएको स्थानीयले बताए ।


जनता भ्वाइस 







