images
images

दोस्रो चरणका लागि ताप्लीमा २१ सय विजुलीको पोल भित्रिन्दै

जन्ताभ्वाईस सम्वाददाता
१२ चैत्र , आईतबार , २०७९
कटारी / उदयपुरको ताप्ली गाउँपालिकामा दोस्रो चरणको विद्युतीकरणको कामलाई तिव्रता दिईएको छ । गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको बिद्युत विस्तारको काम तिव्र रुपमा अघि बढाईएको हो ।
‘उज्यालो ताप्ली’ अभियान अन्र्तगत ५ वटै वडाका बस्तीहरुमा बिद्युत विस्तारको काम अघि बढाईएको हो । २०७८ माघ १८ गते औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाईनको उद्घाटन भएको ताप्लीमा हालसम्म ५ सय घरधुरीले बिद्युत सेवा उपभोग गरिरहेका छन् ।
दोस्रो चरणको कार्यक्रम अन्र्तगत २ हजार १ सय विजुलीको पोल गाउँपालिकामा आउने काम भईरहेको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार यहि साता भित्र २१ सय विजुलीको पोल गाउँपालिकामा पुग्नेछ ।
त्यसैगरी तारहरु जडान गर्ने कामलाई अघि बढाईनेछ । बिद्युतिकरणले ताप्लीको बिकास र सम्बृद्धिमा टेवा पुग्ने स्थानीयहरुको बझाई छ । बत्ति बाल्नका लागी मात्र नभई साना तथा मझौला उद्योग स्थापना गरि ताप्लीलाई आर्थिक सम्बृद्धिको अभियानसंग जोड्न सकिने भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् ।