images
images

कटारी –हलेशी जोड्ने झोलुङ्गे पुल फेरी भत्कियो

जन्ताभ्वाईस सम्वाददाता
१० चैत्र , शुक्रबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ बाइटार जोड्ने सुनकोसीको झोलुंगे पुल निर्माण सम्पन्न नहुँदै फेरी भत्किएको छ । कटारी वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारी तर्पmको पुलको खम्बा भत्किएको हो ।
आज विहान एक्कासी पुल भत्किएको वडाध्यक्ष खड्काले बताउनुभयो ।“आज विहान कटारी तर्पmको खम्बा नै सवै भत्किएको खबर र फोटोहरु प्राप्त भएको छ । ”वडाध्यक्ष खड्काले भन्नुभयो ।“निर्माणमा ढिलाई भएकाले ताकेता गरेका थियौं वल्ल काम अघि बढेको थियो फेरी भत्किएछ ।”
यस अघि पनि निर्माण नहुँदै दुईवर्ष अघि पुलको स्ल्याव भत्किएको थियो । स्थानीयले गुणस्तरहिन सामाग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएको छन् । वडाध्यक्ष खड्काका अनुसार २०७६ सालमै निर्माण सुरु भएपनि पुल निर्माण हुन सकेको छैन् ।
२०७६ सालमा पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुंगेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याप भत्किएको स्थानीयको दाबी छ ।
पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयले काठको डुंगाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ ।