images
images

ज्योती विकास वैंक कटारीद्वारा वित्तीय साक्षरता कार्यक्रम सन्पन्न

जन्ताभ्वाईस सम्वाददाता
विहिबार ९ चैत्र , २०७९
कटारी / ग्लोबल मनी वीक (सप्ताहा) अन्र्तगत ज्योती विकास वैंक शाखा कटारीको आयोजनामा कटारीमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । आज कटारीकै एकमात्र क्याम्पस उदयश्री बहुमुखी क्याम्पसमा युवाहरुमा वित्तीय साक्षरता दिने उद्येश्यले वार्षिक रुपमा मनाईने कार्यक्रम अन्र्तगत कार्यक्रम गरिएको हो ।
वैंकको शाखा कटारीका प्रमुख राम आचार्यका अनुसार कार्यक्रममा ८० जनाको सहभागीता रहेको थियो । क्याम्पस प्रमुख मुकेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख थापाले अहिलेको युग प्रविधिको युग भएकाले डिजिटल प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरु गरिएको विश्वको १ सय ९ देशले प्रत्यक्ष र १ सय ७० देशले भर्चुअल माध्यमबाट मनाउँदै आएका छन् ।यस वर्ष पैसाको योजना नै तपाईको भविष्य भन्ने नाराका साथ सप्ताहा मनाईदैंछ ।
युवामा वित्तीय साक्षरता सम्बन्धि ज्ञान सृजना गर्नुका साथै जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने शाखा प्रमुख आचार्यले बताउनुभयो । कार्यक्रममा वैंकका मनिष निरौला र सन्तोष पाण्डेको पनि उपस्थिति रहेको थियो ।