images
images

कटारी ५ र सिरहाको धनगढीमाई जोड्नेगरी भोर्लेबाट सडक जोडिने

जन्ताभ्वाईस सम्वाददाता
६ चैत्र , सोमबार , २०७९
कटारी / उदयपुरको कटारी नगरपालिका र सिरहाको धनगढीमाई नगरपालिका सडक संञ्जालबाट जोडिने भएको छ । धनगढीमाई वडा नम्बर १४ र कटारी वडा नम्बर ५ वीच सडक जोड्ने काम थालिएको छ ।
कटारी वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाङ्गका अनुसार वडाको भोर्ले र धनगढीमाईको सर्रेहुँदै अन्दाजी ३ किलोमिटर सडक ट्र्याक खुलिसकेको र उक्त सडकलाई पूर्णता दिन धनगढीमाई १४ का वडाध्यक्ष अमित ठकुरी र स्थानीयवीच आज छलफल भएको छ । उक्त सडकले दुई प्रदेश जोड्ने भएकाले यसले प्रदेशको भावानात्मक सम्बन्ध समेत सुमधुर हुने कटारी ५ का वडाध्यक्ष मोहन तामाङ्गले बताउनुभयो ।